News Portal

झापामा पछिल्लो २४ घण्टामा ५७ जना संक्रमणमुक्त

रातोपोस्ट संवाददाता
५१५ पटक

झापा, १ जेठ । पछिल्लो २४ घण्टामा झापामा ५७ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

योसँगै झापामा कोरोनामुक्त हुनेको संख्या ४ हजार ८ सय १२ जना पुगेको छ ।

झापामा आज थप १ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै झापामा कुल संक्रमितको संख्या ७ हजार ५ सय ८८ पुगेको छ ।

आज संक्रमण पुष्टि हुनेहरूमा  दमकमा २४, बिर्तामोड ३६, मेचीनगर ८, भद्रपुरमा २३, कन्काइ १५, अर्जुनधारामा २२, बुद्वशान्ति ८, कचनकवल २, कमल ४, शिवसताक्षी ११, झापा गांउपालिका २२, गाैरदह र हल्दिबारीका १/ १ जना र ठेगाना नखुलेका १ जना रहेकाे  स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

कोरोना संक्रमणबाट झापामा आजसम्म मृत्यु हुनेको संख्या १७१ जनाको पुगेको छ ।

No photo description available.

प्रतिकृया दिनुहोस्