News Portal

संक्रमितको घर–घरमा गएर हौसला दिदै : गाउँपालिकाका अध्यक्ष लिङ्देन

रातोपोस्ट संवाददाता
४६६९ पटक

झापा, २ जेठ । झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन यति खेर गाउँपालिकाका होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घर–घरमा पुगेर हौसला दिएका छन् । कोरोना संक्रमण भएका बेला आबश्यक पर्ने औषधी लिएर संक्रमितको घर–घरमा पुगेर हौसला दिएका हुन् ।

याे समयमा संक्रमितको मनोवल उच्च बनाउन संक्रमितको घर घरमा पुगेर भेटघाट गरि हौसला प्रदान गरिएको अध्यक्ष लिङ्देनले बताए । कोरोना लान्ने बितिकै निधन नहुने सहि समयमा उपचार गरेमा निको हुने उनले जानकारी दिए ।

संक्रमित घरमा एकलै हुने कसैले भेटघाट नगर्ने कोहि नबोल्दा झन कमजोर हुने भएकाले उनीहरुको मनोबल बढाउनको लागि स्वास्थ्यकर्मीको टोलीसहित आवश्य सामान लिएर संक्रमितको घर घरमा पुगेकाे अध्यक्ष लिङ्देनले जानकारी दिए । यो भेटघाटले संक्रमितको मनोबल थप उच्च हुनेमा आफु बिश्वस्त रहेको उनले बताए। संक्रमितको अवस्था हेरी थप सहयोग गरिने पनि उनले जानकारि दिए । गाउँपालिकाकामा अहिलेसम्म ९६ जना संक्रमित रहेका छन भने एक जना अस्पतामा रहेकाे १५ जना भने निकाे भएर घर फर्केका छन ।

प्रतिकृया दिनुहोस्