News Portal

टोकला बगानकाे मनपरी मापदण्ड बिनै निर्वाध रूपमा सञ्चालन, नगरपालिकाकाे निर्देशन बगान बन्द गर

रातोपोस्ट संवाददाता
६३६ पटक

झापा, ३ जेठ । मेचीनगर नगरपालिकाले टोकला चिया बगान प्रशासनलाई कोभिड १९ को नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य गर संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न निर्देशन दिइएको छ । कोरोनाको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञ जारी गरेको छ ।

निषेधाज्ञाको अवज्ञा गदैं मेचीनगरको ७ र ८ नम्बर वडामा रहेकोे टोकला चिया कमान सञ्चालनमा रहेको गुनासो आएपछि नगर प्रमुख विमल आचार्यको नेतृत्वमा रहेको उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य गंगा पाठक, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिलसिहं दाहाल लगायतका टोलीले कारखानामा नै पुगेर नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको थियो ।

‘मेचीनगर क्षेत्रमा रहेको नेपाल चिया विकास निगमद्वारा सञ्चालित टोकला चिया बगानले सरकारको निर्णयलाई अटेर गरी निर्वाधरुपमा सञ्चालन भएको गुनासो प्राप्त भएपछि नगरपालिकाको तर्फबाट हामी त्यहाँ पुगियौं’ नगरप्रमुख आचार्यले भने–‘हामीले बगान प्रशासनलाई स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै श्रमिकलाई काममा लगाउन निर्देशन दिएका छौँ ।’

हरेक दिन गाउँ गाउँबाट श्रमिक आउने र जाने क्रम बन्द गर्न र उद्योग भित्र कार्यरत मजदुरहरुलाई बाहिर खुलारुपमा आवतजावत गर्न नदिई भित्रै सुरक्षा सामाग्री प्रयोग गरेर काममा लगाउन नगरपालिकाले बगान प्रशासनलाई निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको समयमा उद्योग सञ्चालकहरुले उद्योग सञ्चालन गर्नु परे सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड मानेर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसको बेवस्ता गर्दै टोकला बगानका मजदुरहरु गाँउ घरबाट नै काम गर्न आउने जाने गरेको गुनासो स्थानीयले गरेपछि नगरपालिकाले बगानलाई त्यस्तो निर्देशन दिइएको थियो ।

 

प्रतिकृया दिनुहोस्