News Portal

कोरोना संक्रमणका कारण काँकरभिट्टाका ६५ वर्षिय पुरुषको निधन

रातोपोस्ट संवाददाता
६२५ पटक

झापा, १६ जेठ । झापाको मेचीनगर‐६ स्थित काँकरभिट्टाका धिमाल थरका ६५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ । दुई हप्ताअघि स्वास्थ्यमा समस्या आएपछि जेठ ९ गते एन्टिजिन परीक्षण गर्दा उनको नतिजा पोजेटिभ आएको थियो ।

वडा अध्यक्ष ललित तामाङका अनुसार प्रारम्भीक परीक्षणकै क्रममा अक्सिजन लेभल कम देखिपछि सोही दिनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
सुरुमा धाइजन आइसोलेसन सेन्टर लगिएकोमा थप उपचार आवश्यक भएपछि उनलाई मेची अञ्चल अस्पताल भद्रपुर भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार विहान ५ बजे उनको निधन भएको वडा अध्यक्ष तामाङले बताए ।

काँकरभिट्टास्थित भट्टराई चौकमा पान पसल गर्ने उनी श्रीमतीको साथमा डेरामा बस्दै आएको बुझिएको छ ।आफ्ना आफन्तहरु मोरङमा रहेका कारण दाहसंस्कारका लागि मोरङको पथरी लैजाने तयारी भइ रहेको तामाङले जानकारी दिए । योसँगै मेचीनगरमा कोरोना संक्रमण पछि निधन हुनेको संख्या १७ पुगेको छ । जसमध्ये वडा नम्बर ६ का मात्र ७ जना रहेका छन् । मेचीनगरमा शनिबार एक संक्रमित पुरुषको निधन हुँदा शुक्रबार दुई पुरुषले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस्