News Portal

महिला नेतृ तामाङ विषय विज्ञको रुपमा नियुक्ति

रातोपोस्ट संवाददाता
८६८ पटक

झापा । नेपाली कांग्रेस झापाकी नेतृ विना तामाङ पार्टीको विषय विज्ञको रुपमा नियुक्ति भएकी छिन्।

तामाङ २०४६ सालदेखि राजनीतिमा सक्रिय उनी हाल काँग्रेसको झापा जिल्ला सदस्य हुन् । उनी पार्टीको यातायात तथा जलश्रोत विषयगत समितिको केन्द्रीय सदस्यमा मनोनीत भएकी हुन् । उनलाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सदस्यमा मनोनीत गरेको हो ।

मेचिनगर ६ काँकरभिट्टा निवासी तामाङ नेपाली काँग्रेसकी प्रभावसाली नेतृ हुन् । तामाङ राजनितीसंगै सामाजिक क्षेत्रमा पनि सफल महिलाको रूपमा स्थापित भएकी छिन् ।

प्रतिकृया दिनुहोस्