News Portal

काेराेना महामारीमा रगत अभाव भएपछि हाम्राे अभियान झापाले गर्याे रक्तदान

रातोपोस्ट संवाददाता
११५९ पटक

झापा, २१ जेठ। काेराेना महामारीसँगै रगत अभाव बढिरहेका बेला मेचिनगरमा हाम्रो अभियान झापाले रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । हाम्राे अभियान झापाकाे आयोजनामा आज मेचिनगर – १४ धाइजनमा नेपाल रेडक्रस साेसाइटिकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे । उक्त रक्तदान कार्यक्रमकाे सह- आयोजक भने नवीन युवा क्लब मेचीनगर- १३ र प्यारीभिट्टा युवा क्लब मेचीनगर-७ रहेका थिए ।

रक्तदान कार्यक्रममा विभिन्न संघसंस्थाहरूकाे समेत सहकार्य रहेकाे आयोजक संस्थाले राताेपाेष्टलाई जानकारी दिएकाे छ । मेचिनगर नगरपालिका, मेची उद्याेग वानिज्य संघ, काेभिड रेस्पाेन्स टिम झापा,कालिका युथ ग्रुप मेचिनगर, सत्यसाइ सेवा केन्द्र प्रदेश १ र राष्ट्रिय युवा परिषद झापाकाे समेत सहयाेग रहेकाे अभियान संयाेजक नरेश महराले जानकारी दिए ।

रगतको चरम अभावलाई मध्यनजर गर्दै हाम्रो अभियान झापाको आयोजना र नवीन युवा क्लब र प्यारीभिट्टा युवा क्लबको सह- आयोजकमा भएकाे रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएकाे छ।  विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आइरहेकाे यस अभियानले यसअघि सडक बालबालिका तथा सडक मानवहरूकाे उद्वार गरेकाे छ ।

आर्थिक अवस्था कमजाेर भएका मानिसहरूका लागि अभियानले मेचि अस्पतालकाे सहयाेगमा उपचारकाे व्यवस्था समेत मिलाउँदै आएकाे र काेराेना महामारीमा काेहि भाेक तथा उपचारकाे अभावमा मर्न नपराेस भन्ने अभियानकाे उद्देश्य रहेकाे संयाेजक महराले बताए ।

प्रतिकृया दिनुहोस्