News Portal

सत्य साई सेवाद्वारा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

रातोपोस्ट संवाददाता
१३४० पटक

झापा, २२ जेठ । कोरोना महामारीपछि  निषेधाज्ञाले रोजीरोटी गुमाएर घरमै बन्दी भएका ९३ विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिएको छ । सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ समितिले झापाका विभिन्न् पालिकाका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हाे।

अधिकांश विपन्न समुदायका नागरिक दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउने भएकाले लकडाउनका कारण उनीहरुको जिविकोपार्जनमा समस्या भएपछि खाद्यान्न वितरण गरिएको सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ का अध्यक्ष कविन्द्र श्रेष्ठले बताए। सङ्गठनले भद्रपुर- ३ स्थित सन्थाल बस्तीका ४५ घर परिवार, कचनकवल गाउँपालिका- २ गन्दर्भ बस्तिका ४६ परिवार, मेचीनगर-९ का १ परिवार र शिवसतासी धरमपुरका एक काेभिड विरामीका परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रति परिवार चामल १५ केजी, आलु ५ केजी, एक लिटर खाने तेल, एक केजी नुन १ र एउटा साबुन वितरण गरेको हो । सङ्गठनले दैनिक ज्याला मजदुरी गर्ने नागरिकको तथ्यांक संकलन गरेर राहत वितरण गर्दै आएको छ। कोरोना भाइरसको कारण लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका मानिस समस्यामा परे पछि सङ्गठनले खाद्यान्न सामग्री वितरणकाे हाे । लकडाउनको कारण मजदुरी गर्न नपाएका विपन्न परिवारलाई राहत वितरण गर्न थालेको अध्यक्ष कविन्द्र श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस्