News Portal

प्रदेश २ मा सरकार विस्तार : कांग्रेसबाट ३, माओवादीबाट २ मन्त्री, आजै शपथ हुने

रातोपोस्ट संवाददाता
६९३ पटक

जनकपुर, २६ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सामेल गराएर मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्।

कांग्रेसलाई ३ वटा मन्त्रालय र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री राउतले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्। स्रोतका अनुसार थपिएका मन्त्रीहरुको शपथ आजै (बुधबार) साँझ साढे ७ बजे हुनेछ। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसको तर्फबाट रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाइ र वीरेन्द्र सिहंलाई सञ्चार मन्त्रालय दिने सहमति भएको छ।

यस्तै माओवादी केन्द्रलाई दुईवटा मन्त्रालय दिने सहमति भएको बताइएको छ। माओवादी केन्द्रबाट सरकारमा भरतप्रसाद साह र जगत यादव सहभागी हुने स्रोतको दाबी छ।

प्रतिकृया दिनुहोस्