News Portal

मेची आम्दा : भौतिक पूर्वाधार विकासकाे लागि जनस्तरबाट रकम जुट्दै

रातोपोस्ट संवाददाता
६२२ पटक

झापा, २७ जेठ । झापाकाे मेचीनगर- १० धुलाबारी स्थित आम्दा मेची अस्पताललाई नगर कै सुविधा सम्पन्न अस्पताल बनाउन यस क्षेत्रका सामाजिक अगुवा व्यक्तिहरू अहिले जनस्तरबाट सहयोग संकलन अभियानमा लागि परेका छन् । अभियानलाई मेचीनगरका एक युवा व्यवसायीले आफ्नो नाम नखुलाउने सर्तमा २ लाख २ हजार रूपैयाँ सहयोग गरेका छन् । यसैगरी अभियानलाई सफल बनाउन देश तथा बिदेशमा रहेका मेचीनगरबासीले उत्साहजनक सहयोग गरिरहेका छन् ।

यसैबीच, सहयोग धुलाबारीकी  चेली हाल अमेरिका बस्दै आएकी पुनम गौतमले नगद १ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेकी छिन् । त्यसैगरी, मेचीनगर- १० निवासी हाल काठमाडौं बस्दै आएकी यशोध पराजुलीबाट पनि नगद १ लाख २ हजार रूपैयाँ सहयोग प्राप्त भएको अभियानको नेतृत्व गरिरहेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिए ।

उनले आम्दालाई सबैसँग जोड्न आम मानिसले सहयोग गर्ने गरी न्यूनतम एक हजार रुपैयाँसम्म संकलन गर्ने गरीको तयारी भइरहेको जानकारी दिए । मेची उद्योग वाणिज्यसँगको सहकार्यमा आम समुदाय तथा शुभेच्छुकबाट हाल जुटि रहेको सहयोग, मेचीनगर नगरपालिका एवम् रोटरीसँगको सहकार्यले गर्दा मेची आम्दाले सबैको अपनत्व हुने गरीको अक्सिजन प्लान्ट साथै भौतिक पूर्वाधार सहितको नयाँ स्वरुप प्राप्त गर्नेमा अध्यक्ष तिम्सिनाले विश्वास ब्यक्त गरे । अस्पतालको स्तर बृद्धिका लागि १० दिनमा जनस्तरबाट २० लाख बढी सहयोग रकम संकलन भईसकेको छ ।

प्रतिकृया दिनुहोस्