News Portal

  • मन्त्री दिपक मनाङे सम्पर्कविहीन भएपछि गणेश लामा पक्राउ

    रातोपोस्ट संवाददाता
    १५६ पटक

    पोखरा, २७ जेठ । ‘गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामालाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । डनको छवि बनाएका लामालाई प्रहरीले लेकसाइडको खहरेबाट बिहीवार पक्राउ गरेको हो ।

    खहरेस्थित पोखरा बुटिकमा बसेका उनी भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुभाष हमालले बताए । उनलाई सोधपुछका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेको बेला लामाले प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई फकाउन आएको बुझिएको छ ।

    उनको पोखरा आगमनलाई राजनीतिक चलखेल गर्न आएको आशंका छ । सोही आशंकाबीच युवा तथा खेलकुद मन्त्री मनाङेले पृथ्वीसुब्बालाई सघाएनन् । उनी संसदमा अनुपस्थित रहेका छन् ।

    प्रतिकृया दिनुहोस्