News Portal

गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

रातोपोस्ट संवाददाता
४३६ पटक

झापा, २८ जेठ । झापाकाे कमल गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालले कमल गाउँपालिकालाई विभिन्न किसिमका स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

वेलफेयरले उपलब्ध गरेकाे सामानमा ९ एलपीएम कन्सेन्ट, ३ थान, पल्स अक्सिमिटर १५ थान र पिपिई १५० सेट गरि जम्मा ८ लाख ५२ हजार रुपैया बवारबरको समाग्री प्रदान गरेको कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिए ।

त्यसैगरी अन्तराष्ट्रिय झापाली समाजले पनि गाउँपालिकालाई विभिन्नि किसिमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । जसमा एन्टिजेन किट ४० थान, ग्लोव २०० थान, सर्जिकल माक्स ५०० थान, पिपिई सेट १० प्रदान गरेको प्रमुख अर्यालले बताए।

प्रतिकृया दिनुहोस्