News Portal

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

रातोपोस्ट संवाददाता
३८९ पटक

इलाम, जेठ २८ । घरायसी विवाद हुँदा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको देउमाई नगरपालिका ४ चित्रे बस्ने बर्ष ४५ का ताक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

भोजपुर जिल्ला साबिक ओख्रे ४ घर भई बिगत १ बर्ष देखि जिल्ला इलाम देउमाई नगरपालिका वडा नं.-४ चित्रे बस्ने तुलसिराम आचार्यको घरमा डेरा गरी बस्दै आएका ताक बहादुर तामाङले आफ्नै श्रीमति बर्ष-४६ कि सुर्जामाया तामाङलाई घरायसी विवादको कारण घारिलो हतियार (दाउ) प्रयोग गरी घाँटिमा काटी शुक्रबार विहाज हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटी गई उनले हत्यामा प्रयोग गरेको धारिलो हतियार सहित नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्