News Portal

पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि, ५२२५ जना संक्रमणमुक्त

रातोपोस्ट संवाददाता
३३९ पटक

काठमाडाैं,२८ जेठ । पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ । पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ ।

यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु हुने दर १.६ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्