News Portal

झापामा आज एकै दिन १ हजार ४०७ जना डिस्चार्ज

रातोपोस्ट संवाददाता
३८४ पटक

झापा, २८ जेठ । झापामा आज १ हजार ४०७ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुबाट उनीहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा डिस्चार्ज हुनेको संख्या ९ हजार ७१ जना पुगेको छ ।

यस्तै, आज झापामा थप १२६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १२ हजार ७२ पुगेको छ ।

२९३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । झापामा आज थप ५ जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

No photo description available.

प्रतिकृया दिनुहोस्