News Portal

महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

रातोपोस्ट संवाददाता
६६२ पटक

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएका छन् । शनिबार दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अुनसार १४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको छ । कांग्रेसले आगामी भदौमा काठमाडौंमा महाधिवेशन गर्ने तयारीबारे छलफलका लागि बोलाएको बताइएको छ । तर, कांग्रेसमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम भने सकिएको छैन ।

साथै, कोरोना महामारीका बीच पनि महाधिवेशन गर्न सम्भव होला कि नहोला भन्नेमा प्रश्न उठिरहेको छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलगायत नेताहरूले भदौभित्र महाधिवेशन गर्नैपर्ने अडानमा छन् ।

प्रतिकृया दिनुहोस्