News Portal

भारतीय सेनाद्वारा नेपाली सेनालाई २८.८ करोड रुपैंया बराबरको स्वास्थ्य सामग्री सहयोग

रातोपोस्ट संवाददाता
३५८ पटक

काठमाडौं, २८ जेठ । भारतीय सेनाले प्रदान गरेको करिब २८.८ करोड रुपैंया बराबरको स्वास्थ्य सामग्री तथा उपकरण नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।

टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । भेन्टिलेटर, एम्बुलेन्स, आईसीयू बेड, पीपीई किट, पीसीआर परीक्षण किटलगायतका स्वास्थ्य सामग्री जेठ २७ गते काठमाडौं ल्याइएको थियो ।

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाईंमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पु-याएको योगदानको सराहना गरे ।

प्रतिकृया दिनुहोस्