News Portal

झापाका विभित्र स्थानमा राहत बाँड्दै विप्लव नेकपा

रातोपोस्ट संवाददाता
८७० पटक

झापा,२९ जेठ।  नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मेचिनगर सहित झापाका विभित्र स्थानमा राहत वितरण कार्य शुरू गरेको छ ।

काेभिड-१९ का कारण भएको लकडाउनले धेरै मजदुरहरू बेरोजगार बनेको र खाद्यान्न संकट भएको अवस्थालाई मध्यनजर गर्दै नेकपाले झापाको विर्तामोड , भद्रपुर , मेचिनगर लगायतका स्थानमा खाद्यान्न संकट भएकाहरूकाे परिवारलाई राहत वितरण गरेको हो। राहतमा चामल, दाल ,नुन, तेल जस्ता खाद्य वस्तु रहेको, राहत वितरण कार्य जारी रहेको र थप अन्य स्थानमा पनि छिट्टै वितरण शुरू गर्ने नेकपाले जनाएको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने तथा राेजगार गुमाएकाहरूकाे परिवारमा खाद्यान्न संकट भएपनि सरकारी तवरबाट भने कुनै किसिमको राहत वितरण भएको छैन । यसअघिकाे लकडाउनमा पनि विप्लव नेकपाले झापाका विभिन्न स्थानमा प्रतिबन्ध छिचोल्दै राहत वितरण गरेको थियो । यो पटक भने नेकपा माथिको प्रतिबन्ध हटिसकेकाे छ।

प्रतिकृया दिनुहोस्