News Portal

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान दिने

रातोपोस्ट संवाददाता
१०३२ पटक

सुर्खेत, ३० जेठ । कर्णाली प्रदेश सरकारले प्रदेशमा क्रियाशील पत्रकारका लागि नयाँ सुविधा ल्याएको छ । सरकारले पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको हो ।

तर, कर्णाली​मा क्रियाशील​ सबै पत्रकारले सो सुविधा पाउने छैनन् । बढीमा एक सय जना पत्रकार हरेक वर्ष छनोट गरेर सो कार्यक्रममा समावेश गरिनेछ । आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो विषय समेटेका हुन् । कर्णाली प्रदेशको संसदीय मामिला पत्रकार समाजले मुख्यमन्त्रीसँग सो माग राखेको थियो । सोही मागबमोजिम पत्रकारका कार्यक्रम ल्याउन लागेको मुख्यमन्त्री शाहीले बताए ।

शाहीले कर्णालीमा कलम चलाउने पत्रकारका लागि लेखनवृत्ति दिन आवश्यक बजेट व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाएका छन् । अनुदानमा क्यामेरा​ तथा ल्यापटप लिने पत्रकारले प्रदेश सरकारका काम–कारबाहीको बारेमा जानकारीमूलक समाचार तथा फिचर स्टोरी लेखन गर्नु पर्ने छ ।

प्रतिकृया दिनुहोस्