News Portal

युक्रेन विरुद्ध नेदरल्यान्ड्सको रोमाञ्चक जित

रातोपोस्ट संवाददाता
६३४ पटक

काठमाडौं, ३१ जेठ । १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्सले विजयी शुरूआत गरेको छ । आइतबार राति भएको पहिलो खेलमा युक्रेनमाथि रोमाञ्चक जित निकाल्दै नेदरल्यान्ड्सले सुखद शुरूआत गरेको हो । युक्रेन ३–२ गोल अन्तरले पराजित भएको हो ।

एम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विज्नाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे । २–० ले अग्रता लिएको नेदरल्यान्ड्स त्यसपछि बराबरीको स्थितिमा पुग्यो । २–० ले पछि परेको अवस्थामा युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काएर बराबरीमा ल्याएका थिए ।

तर ८५ औं मिनेटमा डेन्जलले गोल गरेर नेदरल्यान्ड्सलाई जिताए । उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो । निकै फेयर भएको खेलको इन्जुरी समयमा युक्रेनका सर्हे सिडोर्चुकले पहेंलो कार्ड खाएका थिए । यस जितसँगै समूह सी को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ । अष्ट्रियाले नर्थ मेसेडोनियकालाई ३–१ गोल अन्तरले हरायो ।

प्रतिकृया दिनुहोस्