News Portal

कोपा अमेरिकामा पाराग्वेको विजयी सुरुआत

रातोपोस्ट संवाददाता
४०९ पटक

काठमाडौं, १ असार । पाराग्वेले ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । मंगलबार बिहान सम्पन्न समूह ए को खेलमा पाराग्वेले १० खेलाडी समेटिएको बोलिभियालाई ३-१ ले पराजित गरेको हो । पाराग्वेले एक गोलले पछि परेको अवस्थामा एक खेल कम भएको बोलिया विरुद्ध पुनरागमन गरेको हो ।

खेलको १०औं मिनेटमै एर्विन साभेद्रले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा जाउमे कुएलर दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि बोलिभिया खेलाडीमा समेटियो । त्यसको फाइदा उठाउदै पाराग्वेल अन्तिम ३० मिनेटमा ३ गोल गर्‍यो ।

६२औं मिनेटमा अलेजान्ड्रो रोमेरोले पाराग्वेका लागि बराबरी गोल फर्काए । एन्जल रोमेरोले ६५औं र ८०औं मिनेटमा गोल गरेपछि पाराग्वेले जित हात पारेको हो। जितपछि पाराग्वे समूह ए मा ३ अंकसहित शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा अर्जेन्टिना र चिलीले १-१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

प्रतिकृया दिनुहोस्