News Portal

मेचीनगरमा आजदेखि नदिजन्य पदार्थ उत्खनन तथा संकलन बन्द

रातोपोस्ट संवाददाता
६३४ पटक

झापा, १ असार । मेचीनगर नगरपालिका क्षेत्र भित्रका खोलाबाट आजेदेखि नदिजन्य पदार्थ उत्खनन् र संकलन गर्न बन्द गरिएकाे छ ।
नगरपालिकाले सोमबार सूचना जारी गरी असार १ गतेदेखि भदौ महिनासम्म नगरभित्रका खोलाको कुनै पनि स्थानबाट कुनै पनि साधनको प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन् र संकलन गर्न बन्द गरिएकाे हो ।

नगरपालिकाबाट अनुमति लिएर नदिजन्य पदार्थ उत्खनन् गरी स्टक गरी राखिएको नदिजन्य पदार्थको स्टक प्रमाणित गर्न समेत मेचीनगर नगरपालिकाले १५ दिनेको समय तोकेको सूचनामा उल्लेख छ ।

स्टक प्रमाणित नगरी कुनै पनि नदिजन्य सामग्री बिक्री वितरण गर्न समेत नपाइने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्