News Portal

  • कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

    रातोपोस्ट संवाददाता
    १९६ पटक

    सुर्खेत, १ असार । कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् ।

    नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी बर्षको बजेट ल्याउने बाटो खुलेको छ । नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

    चार बजे बस्ने अर्को बैठकमा सरकारले आर्थिक बर्षको बजेट पेश गर्ने तयारी गरेको छ । कर्णालीमा एमाले सांसदहरुले कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्