News Portal

विवाद बढेपछि जसपाले बोलायो केन्द्रीय समिति बैठक

रातोपोस्ट संवाददाता
३४३ पटक

काठमाडाैं, १ असार । आन्तरिक विवाद बढ्दै गएपछि जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले असार ३ गते बिहान ११ः३० बजे केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका हुन्। ललितपुरको बालकुमारस्थित जसपा केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको छ। 

समसामयिक विषयमा महत्त्वपूर्ण निर्णय गर्न बैठक बोलाइएको जनाइएको छ। सबै पदाधिकारी तथा सदस्यलाई पठाएको पत्रमा अध्यक्ष यादवले भनेका छन्, “वर्तमान राजनीतिक उपस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्ने भएकाले निम्न स्थान र समयमा कार्यकारिणी समितिको बैठक राखिएको हुँदा उक्त बैठकमा उपस्थित भइदिनहुनका लागि अनुरोध गरिन्छ।”

जसपा अध्यक्षद्वय यादव र महन्थ ठाकुरले एक-अर्कालाई कारबाही गरेका थिए। त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको छैन। त्यस्तै, जसपा अध्यक्ष यादवले सरकारमा सहभागी ठाकुर पक्षका मन्त्रीलाई सात दिने स्पष्टीकरण सोधेका छन्। यी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। 

प्रतिकृया दिनुहोस्