News Portal

फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

रातोपोस्ट संवाददाता
६६७ पटक

काठमाडाैं, १ असार । विश्व फुटबलको सर्वोच्च निकायले सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा नेपालले ३ स्थान सुधार गरेको छ । फिफाले जुनमा सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७१ औँ स्थानबाट १६८ औँ स्थानमा उक्लिएको हो । सन् २०१८ पछि पहिलोपटक नेपाली टोलीले वरीयता सुधार गरेको हो । सन् २०१८ मा १६१ औँ स्थानमा रहेको नेपाल २०१९ मा १७० र पछिल्लो एक वर्ष देखि १७१ औँ स्थानमा थियो ।

नेपालले भर्खरै इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप तथा एसियन कप संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत बाँकी ३ खेल खेलेको थियो । नेपालले इराकसँग ६-२ को पराजय बेहोर्दा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो । ऊ जोर्डन र अस्ट्रेलियासँग समान ३-० ले पराजित भयो । बेल्जियम शीर्ष स्थानमा कायम रहँदा ब्राजिल तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्स दोस्रोबाट तेस्रो स्थानमा झरेको छ ।

इङ्ल्यान्ड, पोर्चुगल चौथो र पाँचौँ स्थानमा कायम छन् । इटाली एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिँदा स्पेन १ स्थान तल झर्दै सातौं स्थानमा पुगेको छ । अर्जेन्टिना, उरुग्वे आठौं र नवौँ स्थानमा यथावत रहँदा कोलम्बिया ५ स्थान सुधार गर्दै शीर्ष १० भित्र अटाएको छ ।

प्रतिकृया दिनुहोस्