News Portal

  • कर्णालीमा सर्वोत्कृष्ट कृषकलाई सुनको तक्मा

    रातोपोस्ट संवाददाता
    ८४० पटक

    कर्णाली, २ असार । कर्णाली प्रदेश सरकारले कर्णालीमा सर्वोत्कृष्ट एकजनालाई सुनको तक्मा प्रर्दान गर्ने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा प्रदान गरिने बताएउनु भएकाे हाे ।

    बजेटमा भनिएको छ– ‘कृषि पेसालाई मर्यादित बनाई कृषकहरुलाई सम्मान गर्न मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा र उत्कृष्ट २०० जना कृषकलाई पुरस्कृत गर्न रु ४० लाख रकम विनियोजन गरिएको छ ।’

    यस्तै, एक स्थानीय तह एक कृषि उपज उत्पादन पकेट कार्यक्रमलाई निरन्तरता दिईएको छ भने त्यसका लागि दिएको २१ करोड ६० लाख विनियोजन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)