News Portal

गण्डकीका मुख्यमन्त्री पोख्रेलले आज विश्वासको मत लिँदै

रातोपोस्ट संवाददाता
७४० पटक

पाेखरा, ४ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाेख्रेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोख्रेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेकाे छ ।

प्रतिकृया दिनुहोस्