News Portal

युरोकप फुटबल: समूह ‘डी’ का दुवै खेल बराबरीमा सकिए

रातोपोस्ट संवाददाता
७४४ पटक

काठमाडौं, ५ असार । जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह ‘डी’ का दुवै खेल बराबरीमा सकिएका छन् । क्रोएसिया र चेक रिपब्लिक तथा इंग्ल्यान्ड र स्कटल्यान्डले बराबरी खेलेका हुन् । क्रोएसिया र चेक रिपब्लिकले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको ३७औं मिनेटमा पेनाल्टीमार्फत प्याट्रिक स्किकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवाती दुई मिनेटमै इभान पेरिसिचले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै गोल निस्कन सकेन र खेल १-१ कै बराबरीमा सकियो । त्यसैगरी, अर्को खेलमा इंग्ल्यान्ड र स्कटल्यान्डले भने गोलरहित बराबरी खेलेका छन् । बल पोसेसनमा पकड जमाएपनि गोल गर्ने केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड अंक बाँड्न बाध्य भयो ।

बराबरीपछि २ खेलबाट समान ४-४ अंक भएको चेक रिपब्लिक र इंग्ल्यान्ड गोलअन्तरका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यसैगरी क्रोएसिया र स्कटल्यान्ड १-१ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।

प्रतिकृया दिनुहोस्