News Portal

वाइसीएलद्वारा हेलम्बुका बाढीपीडितलाई राहत वितरण

रातोपोस्ट संवाददाता
५५२ पटक

काठमाडौं, ५ असार । नेकपा (माओवादी केन्द्र) निकट वाइसीएल नेपालले सिन्धुपाल्चोकमा राहत वितरण गरेको छ । वाइसील केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा `दिपशिखा´ वाइसीएल टोलि लिएर बाढी-पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकको मेलम्ची हेलम्बु चनौटे पुगेका हुन् ।

वाइसीएलले १ सय परिवारका लागि अत्यावश्यक सामाग्री प्रेसर कुकर, कराई, डाडु, पन्यु, थाल, कचौरा र मग प्रतिपरिवार १/१ थानका दरले वितरण गरेको हो । प्राकृतिक प्रकोप, बाढी-पहिरो तथा विपद्मा परेकालाई सहयोग गर्न भन्दै यसअघि नै वाइसीएलले `विपद राहत कोष´ को स्थापना समेत गरिसकेको छ ।

राहत वितरण गर्न वाइसीएल अध्यक्ष दिपशिखासहित महासचिव सुवोधराज शेर्पाली, सचिवहरू मिङ्माडण्डु शेर्पा, ज्ञानेन्द्र बहादुर गुरुङ, उमेश घोरासैनी, कोषाध्यक्ष राहुल महरा, बागमती प्रदेश कमिटीका पदाधिकारी र वाइसीएल जिल्ला कमिटीका पदाधिकारीको टोलि सिन्धुपाल्चोकको हेलम्बु चनौटे पुगेको वाइसीएल महासचिव सेर्पालीले जनाए । सिन्धुपाल्चोक जिल्ला पार्टीका नेता तथा कार्यकर्ता समेत उक्त कार्यक्रममा सहभागी भएको वाइसीएलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्