News Portal

झापामा हिमानी कोषद्वारा वृद्धवृद्धा, अपांग र एकल महिला राहत वितरण

रातोपोस्ट संवाददाता
८०७ पटक

झापा, ५ असार । पूर्व युवराज्ञी हिमानी शाहले सञ्चालन गरेको सेवामुलक संस्था हिमानी कोष मार्फत भद्रपुरका २० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

नगर क्षेत्रका अपांग, वृद्धवृद्धा, एकल महिला, प्यारालाईसिस रोगी तथा विपन्न समुदायमध्येका परिवारलाई छनोट गरी हिमानी कोष मार्फत भद्रपुर- ६ र ७ का २० परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । कोभिड-१९ महामारी पश्चात देशभर हिमानी कोषले राहत लगायतको सेवामुलक कार्य संचालनमा गर्दै आइरहेको छ ।

सोही सेवामुलक कार्य अन्तरगत हिमानी कोषको सहयोगमा भद्रपुरका एक विपन्न परिवारलाई राहत स्वरुप २५ केजीको एक बोरा चामल हस्तान्तरण गरिएको हिमानी कोष झापाकी अगुवा स्वंयसेवक पुनम सिंह राजवंशीले जानकारी दिइन् । हिमानी कोषले आवश्यकता हेरी थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको समेत उनले बताइन् ।

प्रतिकृया दिनुहोस्