News Portal

पाल्पामा करेन्ट लागेर एक महिलाको मृत्यु

रातोपोस्ट संवाददाता
६४७ पटक

पाल्पा, ५ असार ।  पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने महिला रिब्दीकोट गाउँपालिका-३ हिरापोखराकी ३४ वर्षीया निरा विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गीत बजाउन भन्दै आफ्नै घरको साउन्ड सिस्टमको तार जोड्ने क्रममा उनललाई करेन्ट लागेको जनाइएको छ। करेन्ट लागेर घाइते भएकी उनलाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका लागि लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको पाल्पा प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्