News Portal

झापामा टिभी हेर्न गएकी वालिकालाई बलात्कार गर्ने पक्राउ

राजधानी
३७९ पटक

झापा, ५ असार । छिमेकीको घरमा टिभी हेर्न गएकी वालिका बलात्कारमा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

झापाकाे कन्काई नगरपालिका–३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । गएको १५ जेठमा मैनालीले ती बालिकालाई जवरजस्ती करणी गरेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्