News Portal

बुहारी संयुक्त आवाज झापाद्वारा मुसहर बस्ती राहत वितरण

रातोपोस्ट संवाददाता
९८८ पटक

झापा, ५ असार । मेचीमहाकाली बुहारी संयुक्त आवाज झापा शाखाले आज मुसहर बस्तीमा राहत वितरण गरेको छ । झापाको बिर्तामोड – ७ स्थित मुसुर डॅाडामा रहेका मुसहर बस्तीका २४ परिवारलाई राहत वितरण गरिएको हो । कोरोना भाइरस संक्रमणको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले दैनिक ज्यालादारी गरी गुजारा गर्ने मुसहर बस्तीका घरपरिवारमा छाक टार्न समस्या परिरहेका बेला मेचीमहाकाली बुहारी संयुक्त आवाज झापा शाखाले मुसहर बस्तीका २४ परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हाे ।

मुसहर बस्तीका अति विपन्न परिवारलाई १ बाेरा चामल, २ के.जी.दाल र २ के.जी नुनलगायतका खाद्यान्न सामाग्रीहरु वितरण गरिएको थियाे । राहात पाएपछि मुसहर परिवार ज्यादै खुसी देखिन्थे । हामीले हिंसामा परेका महिला तथा बालबालिकाको क्षेत्र हेर्ने भए पनि यस्तो विषम परिस्थितिमा गुजारा गरिरहेका परिवारको दुख हेरेर बस्न नसकेर हामी बुहारी दिदिबहिनीले आफै खर्च जुटाएर राहत वितरण गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज समुहकी केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्ले बताइन ।

राहत वितरणमा केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बा, झापा जिल्ला सल्लाहकार तुलना पोख्रेल, राधा कार्की, झापा जिल्ला आजिवान सदस्य निरु भट्टराई, तारा डांगी, लिला खड्का र मेचीमहाकाली बुहारी संयुक्त आवाज झापा परिवार सहयोगमा राहात वितरण गरिएकाे झापा जिल्ला संयाेजक शिखा खड्का गणेशले जानकारी दिइन । कार्यक्रममा जिल्ला संयोजक शिखा खड्का, उपाध्यक्ष गंगा भट्टराई, सह-सचिव अम्बिका दाहाल गिरी, कोषाध्यक्ष परु सुबेदी, सदस्यहरु सिमा अधिकारी, कमला भट्टराई, अर्चना ढकाल, निलम प्रसाई र निरु भट्टराईलगायतकाे उपस्थित रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्