News Portal

मुक्ति पौडेलद्वारा पत्रकार उपचार कोष स्थापनाका लागि १० हजार सहयाेगकाे घोषणा

रातोपोस्ट संवाददाता
५४८ पटक

झापा, ५ असार । प्रेस क्लब मेचीनगरका निवर्तमान अध्यक्ष तथा प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मुक्ति पौडेलले मेचीनगरमा रहेका पत्रकारहरुको स्वास्थ्य उपचार कोष स्थापनाका लागि दश हजार सहयाेग गर्ने घोषणा गरेका छन् ।

काँकरभिट्टामा प्रेस क्लव मेचीनगरको आठौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष पौडेलले विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित हुँदै आएका पत्रकारहरुको उपचारका लागि अक्षय कोष स्थापनाको लागि दश हजार रकम दिने घोषणा गरेका हुन् ।

मेचीनगरमा रहेका पत्रकारहरु बिरामी पर्दा समेत उपचार गर्न आर्थिक समस्या झेलिरहेका छन्’ अध्यक्ष पौडेलले भने ‘यो समस्या आउन नदिन क्लवलाई १० हजार अक्षयकोष स्थापनाको लागि दिएकाे उनले बताए । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्यले क्लबले आफ्नो दायित्व पुरा गर्ने गरीको कार्यक्रमहरु अघि बढाउन आग्रह गरे । आचार्यले क्लबले अवलम्वन गरेका नीति तथा लक्ष्य पुरा गर्न निरन्तर लागि पर्न आग्रह गर्दै प्रेस क्लबका सम्पूर्ण गतिविधिहरुमा पूर्व पदाधिकारी तथा अग्रज पत्रकारहरुको सहयोग र समन्वय रहने प्रतिवद्धता ब्यक्त गरे ।

त्यसैगरी, अग्रज पत्रकार जी एन शर्माले समसामयीक बिषयमा सरोकारवाला पक्षसँग साप्ताहिकरुपमा साक्षात्कार कार्यक्रमको आयोजना गर्न सुझाव दिए । शर्माले क्लबलाई यो स्थानसम्म ल्याइ पुर्याउन भूमिका खेल्ने सबैलाई सम्मान गर्दै अघि बढ्न आग्रह गरे । प्रेस संगठन झापाका अध्यक्ष झुुलन रेग्मीले पत्रकारहरुको स्वास्थ्य अवस्थालाई सम्बोधन हुने गरीको कार्यक्रम ल्याउन प्रस्ताव गर्दै अग्रज एवम् सम्पूर्ण पत्रकारहरुले हरेक समय आफ्नो जिम्मेवारी, हैसियद र मर्यादाको ख्याल गर्न जरुरी देखिएको धारणा राखे ।

कार्यक्रममा क्लबका सदस्य तथा प्रेस चौतारी नेपाल झापाका सह संयोजक प्रकाश पौडेल, सदस्यहरु दिलिप थापा, हरिकृष्ण भण्डारीलगायतले आफ्नो धारणा राख्दै प्रेस क्लबलाई पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धि गर्ने गरी पेशागत तालिमको व्यवस्था गर्न माग गरे । क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले सहभागीहरुलाई क्लबको एकता महाधिवेशनबाट निर्वाचित कार्य समितिले हालसम्म सञ्चालन गरेका गतिविधिका बारेमा अवगत गराएका थिए ।

अध्यक्ष उप्रेतीले क्लबलाई हालको अवस्थासम्म ल्याइ पुर्याउन सबैको साथ र सहयोग प्राप्त भएको बताउँदै पत्रकारहरुको हितमा क्लबका आगामी योजनाहरु केन्द्रित रहने प्रतिवद्धता ब्यक्त गरे । प्रेस क्लबको तर्फबाट शनिबारनै क्लबका संस्थापक कोषाध्यक्ष एवम् वर्तमान सदस्य पत्रकार पर्वत पोर्तेलका पुजनीय बुवाको निधन भएको छैटौ दिनको अवसर पारेर श्रद्धाञ्जली एवम् समवेदना प्रकट गरेको थियो । सो अवसरमा क्लबका पूर्व पदाधिकारीहरु, वर्तमान कार्यसमिति तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्