News Portal

स्वास्थ्य सामग्री लिएर रामचन्द्र पौडेल गृह जिल्लामा

रातोपोस्ट संवाददाता
४४३ पटक

पोखरा, ५ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गृह जिल्ला तनहुँमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । जिल्लाका १० वटै पालिका र लमजुङको मध्यनेपाल नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । शनिवार तनहुँको व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पौडेलले स्वास्थ्य सामग्रीहरु औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरेका छन् ।

कांग्रेस नेता पौडेलले ११ वटा अक्सिजन कन्सिट्रेटर, पीपीई, १ हजार ३ सय ३० थान फेसशिल्ड तथा मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री सहयोग गरे छन् । जिल्लाका १० पालिकाका साथै दमौली अस्पताल, जीपी कोइराला अस्पताल, बन्दीपुर अस्पताल, पुरनडिही अस्पतालका लागि पनि पौडेलले केही राहत सामग्री हस्तान्तरण गरेका छन् ।

ढिला गरी गृहजिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्न आएका पौडेलले आफू राष्ट्रिय राजनीतिमा व्यस्त भएको कारण यसअघिको संकटको अवस्थामा आउन नसकेको बताए । कोरोना संक्रमणको जोखिमकै बेला लोकतन्त्र नै संकटमा परेको अवस्था हुँदा आफूले राष्ट्रिय राजनीतिमा सक्रिय हुनु परेको भन्दै उनले कार्यकर्तालाई आश्वस्त पार्न खोजेका थिए ।

प्रतिकृया दिनुहोस्