News Portal

पूर्व सञ्‍चार राज्यमन्त्री विष्‍टको निधन

रातोपोस्ट संवाददाता
३६१ पटक

काठमाडौं, ६ असार । नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्‍चार राज्यमन्त्री तप्तबहादुर विष्‍टको निधन भएको छ । उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

विष्‍टको भेन्टिलेटरमा उपचार भैरहेको थियो । कोरोना पुष्‍टि भएपछि विष्‍टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका विष्‍ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए ।

प्रतिकृया दिनुहोस्