News Portal

जगदम्बा स्टिल्स उद्योगमा आगलागी हुँदा २ मजदुरको मृत्यु, ३ जना घाइते

रातोपोस्ट संवाददाता
५९५ पटक

बारा, ६ असार । बाराको सिमरास्थित जगदम्बा स्टिल्सको उद्योगमा गएराति आगलागी भएको छ । फर्नेस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा उद्योगमै कार्यरत २ मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।

मृतक दुवै भारतीय नागरिक भएको जनाइएको छ । भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो ।शनिबार राति करिब ८ बजेको समयमा भएको आगलागीमा उद्योगमै कार्यरत राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते भएका छन् ।

घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । ट्याङ्की पड्किएपछि उद्योगमा आगलागी पनि भएको थियो । जितपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रतिकृया दिनुहोस्