News Portal

शिवसताक्षीमा युवा लक्षित बजेट ल्याउन युवा संघको १६ वुँदे माग

रातोपोस्ट संवाददाता
५९५ पटक

झापा, ६ असार । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटिले आइतबार नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुख चन्द्र कुमार शेर्माको कार्यकक्षमै पुगेर नगर प्रमुख एवम् उपप्रमुख भोजकुमारी नेपालसमक्ष नगरको बजेटमा युवा लक्ष्यित कार्यक्रम ल्याउनको लागि ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा अबको बजेटमा सबै तह र तप्काका नगरका युवाहरूलाई लक्षीत गरी बजेट विनियोजन गर्न भन्दै १६ वुँदे माग राखेका हुन् ।

युवासंघले भ्रष्ट्रचारमा शुन्य सहनशिलता कायम गरि सरोकारवाला निकायहरुलाई पारदर्शी र नागरिकहरु प्रति जवाफदेही बनाउनका लागि संविधानमा व्यवस्था भए बमोजिमको सुचनाको हक सम्बन्धि तालिमको व्यवस्था मिलाउन, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई उनीहरुले बैदेशिक रोजगारको क्रममा हासिल गरेका ज्ञान ,सीप र दक्षतालाई स्वदेशमै प्रयोग गरि आत्मनिर्भर बनाउन उनीहरुको प्रस्ताव बमोजिमका कार्यक्रममा सहयोग गर्ने व्यवस्था मिलाउन, युवा रोजगार कार्यक्रमलाई स्थानीय तहमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि युवा रोजगार प्रवर्धन केन्द्र स्थापना गरि संचालन गर्ने व्यवस्था गर्न र राष्ट्र निर्माणमा युवाहरुको योगदान वृद्धि गर्नका लागि नगर स्तरीय युवा स्वयंसेवक परिचालन कार्यविधि तर्जुमा पर्ने लगायतका माग राखेका राष्ट्रिय युवा संघ नेपालका शिवसताक्षी नगरकमिटि अध्यक्ष प्रदीप गोलेले बताए ।

नगर प्रमुख शेर्माले ज्ञापनपत्र बुझ्दै भने,  युवा संघ नेपालले  राखेका मागप्रति  गम्भीर  बनेकाे यि  मागहरू यसपालिको बजेटमा समेटेर लैजाने उनले बताए । कार्यक्रममा नगर प्रमुख चन्द्र कुमार शेर्मा , उपप्रमुख भोजकुमारी नेपाल,  प्रमुख प्रसासकिय अधिकृत गिता कुमारी राइ, अनेरास्ववियु स्थायी कमिटी सदस्य डम्बर अधिकारी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य निसा लिम्बु, जिल्ला कमिटी सदस्य सन्तोष पौडेल, क्षेत्रिय कमिटी सदस्य जितेन्द्र साह, अक्टोपेस शिवसताक्षी अध्यक्ष राम मैनाली, शिवसताक्षी मदन भण्डारी स्पोर्ट्स एकेडेमी अध्यक्ष सुजन भेटवाल लगायतकाे उपस्थिति रहेको थियो ।

यसैबीच, राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीले समेत १६ सुत्रीय माग राखी आगामी आ.ब ०७८/०७९ को बजेटमा युवा नीति तथा कार्यक्रम नगर सभा बाट स्वीकृत गरि युवा लक्षित बजेट ल्याउन अर्जुनधारा नगरपलिका लाई ध्यानाकार्षण गराउदै ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य रोजिना पाण्डेको नेतृत्व रहेको टोलीले आईतबार अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना र उप–प्रमुख कमला आचार्य खतिवडालाई ध्यानाकार्षण गराउदै ज्ञापन पत्र बुझाएका हुन् ।

प्रतिकृया दिनुहोस्