News Portal

नेपाल टेलिकमको मोबाइल फोन देशभर अवरुद्ध

रातोपोस्ट संवाददाता
७१२ पटक

काठमाडौं, ९ असार । नेपाल टेलिकम (एनटिसी)को मोबाइल फोन सेवा अवरुद्ध भएको छ। देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको हाे ।

विहानैदेखि देशभर एनिटीसीका प्रिपेड तथा पोष्टपेड नम्बरमा फोन लागिरहेको छैन। टेलिमकमका अनुसार प्राविधिक समस्या देखिएकाले फोन नलाग्ने भएको हो । एनसेलका नम्बर र ल्याण्डलाइन बाट समेत एनटिसीका नम्बरमा फोन लागेको छैन।

एनटीसीबाट एनसेलका नम्बरमा भने फोन गइरहेको छ। एनटिसीको मोबाइल नलाग्दा सेवाग्राही समस्यामा परेका छन्। टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य भइरहेकाेले समस्या समाधानका लागि प्रयास जारी रहेकाे टेलिकम कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्