News Portal

एमाले कार्यदलको बैठक : भोलि ‘सुखद समाचार’

रातोपोस्ट संवाददाता
८०२ पटक

काठमाडौं, २६ असार । नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको शनिबारको बैठक टुंगिएको छ । अपराह्न सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसेको थियो ।

बैठकपछि बाहिरिने क्रममा नेता गोकर्ण विष्टले भोलि (आइतबार) सार्थक निष्कर्षमा पुगिने बताए । आज लगभग निष्कर्षमा पुगिसकेको उनको भनाइ छ । “भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौँ ।

भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ,” उनले भने, “विश्वासको वातावरण बनेको छ । सुखद समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।” समस्या समाधानको अन्तिम विन्दुमा आइपुगेको भन्दै उनले भोलि पुनः बैठकले बसेर सबै कुरा टुंग्याइने बताए ।

प्रतिकृया दिनुहोस्