News Portal

ओलीलाई धन्यवाद दिएर विश्वासको मत मागे देउवाले

रातोपोस्ट संवाददाता
३७६ पटक

काठमाडाैं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिएका छन् । ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने देउवाले बताएका छन् ।

कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गरे ।

प्रधानमन्त्री देउवाको प्रस्तावपछि संसदमा दलका प्रतिनिधिहरुले बोल्ने क्रम सुरु भएको छ । यसक्रममा नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले इतिहास प्रहसनका रुपमा दोहोरिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्