News Portal

नेपालमा शनिबार ३ हजार ११४ संक्रमित थपिए

रातोपोस्ट संवाददाता
३८९ पटक

काठमाडौं ,९ साउन । नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ। यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख ७९ हजार १७ पुगेको छ। शुक्रबार सङ्क्रमितको सङ्ख्या दुई हजार ९७७ थियो।

पछिल्लो २४ घण्टामा थप १० हजार ६३५ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ३०९ जना र चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षणमा

हालसम्म छ लाख ४१ हजार ५६५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ सङ्क्रमित निको भइ घर फर्किएको छन् भने , १६ सङ्क्रमितको मृत्यु भएकाे मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्