News Portal

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

रातोपोस्ट संवाददाता
२९७ पटक

काठमाडौं, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याएका हुन् । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आइतबार अपरान्ह ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शपथ लिनेछन् ।

प्रतिकृया दिनुहोस्