News Portal

भारत लगि बेच्न लागेकाे आराेपमा दुई महिला पक्राउ

रातोपोस्ट संवाददाता
२६८ पटक

काठमाण्डाै, १४ साउन । दुई जना युवतीलाई भारतमा बेच्न लागेको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जना महिलालाई पक्राउ गरेको छ । १६ वर्ष र २० वर्षका किशोरीलाई भारतको बिहार पुर्‍याएर बेच्न खोजेको आरोपमा प्रहरीले झापाको बिर्तामोडकी लक्ष्मी दास र सुनसरीको इटहरीकी खुश्बु विश्वकर्मालाई पक्राउ गरेको हो ।

उनीहरूले दुई जना युवतीलाई वीरगञ्जमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा पारी झुक्याएर भारत बिहारको छौँडादानो भन्ने ठाउँमा लगेर बेच्नका लागि अन्यत्रै पठाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

भारतमा ती युवती बेच्न लागेको खबर पाएपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहायतामा मुक्त गराएको हो । पक्राउ परेकाहरूमाथि जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप गरी मानव बेचबिखन कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै घटनामा संलग्न रहेर फरार रहेका अन्य तीन जनाको खोजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्