News Portal

झापामा साउन १६ गतेदेखि एकसाता लकडाउन

रातोपोस्ट संवाददाता
२९० पटक

झापा, १४ साउन । कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार १६ गते राति १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको हो ।

बैठकले तेस्रो लहर समेत देखा पर्न कोभिड नियन्त्रणका लागि स्थानिय पालिकाहरुलाई आइसोलेसन सेन्टर र होम आइसोलेसन सेन्टर तयारी अवस्थाामा राख्न निर्देशन समेत दिएको छ । मेची प्रदेशिक अस्पतालमा जडान भइरहेको अक्सिन प्लान्ट तत्काल सञ्चालन गर्ने तथा जिल्लाका ठूला नीजि अस्पतालहरुलाई समेत अक्सिजन प्लान्ट जडान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको बैठकले जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै स्वास्थ्य मन्त्रालयसंग थप खोप माग गर्ने निर्णय समेत गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा भन्दा धेरै जनसंख्या भएकाले कोटा बढाउन माग गरेको छ । त्यस्तै आगामी १८ गतेबाट लक्षित उमेर समूह तोकेर जिल्लाभर खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस्