News Portal

भारतीय विमानमा राखी २ नेपालीको अफगानिस्तानबाट उद्धार

रातोपोस्ट
४३७ पटक

एजेन्सी, ६ भदाै । अफगानिस्तानमा बसिरहेका दुईजना नेपालीहरूलाई ८७ जना भारतीयहरूसँगै एआई १९५६ विमानमा राखेर उद्धार गरिएको छ ।

भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्विटरमा दिएको जानकारी अनुसार, ताजिकिस्तानबाट दिल्लीका लागि उक्त विमान शनिवार राति उडेको छ ।

उद्धारका लागि दुशान्बेस्थित भारतीय दूतावासले सहयोग तथा समर्थन गरेको बागचीले जानकारी दिएका छन् । उद्धारका लागि अन्य उडानहरू पनि सञ्चालन गरिरहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्