News Portal

उद्धारका लागि काबुल गएको युक्रेनी विमान अपहरणमा पर्यो

रातोपोस्ट संवाददाता
४७४ पटक

एजन्सी, ८ भदौ ।अफगानिस्तानमा उद्धार अभियानका लागि गएको आफ्नो विमान गएको आइतबार अपहरणमा परेको युक्रेनले बताएको छ। युक्रेनका उपविदेश मन्त्री येव्जेनी येनिनले मंगलबार यसको जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘गएको आइतबार हाम्रो विमान अपरिचित समूहले अपहरण गरेको हो। मंगलबार औपचारिक रुपमा सो विमान हामीबाट खोसिएको छ। युक्रेनीहरुको काबुलबाट उद्धार गर्नका लागि खटिएको सो विमान अपहरण गरिएको हो। उद्धारका लागि भएका थप तीन प्रयास पनि विमानस्थलमा पहुँच नहुँदा सफल नभएको उनले बताएका छन्।

अपहरण गरिएको विमान इरानतर्फ डाइभर्ट गरिएको युक्रेनले दाबी गरेको छ। इरानको उड्डयन संस्थाले सोमबार इन्धन राख्नका लागि युक्रेनी विमान मशादमा अवतरण गरेको मंगलबार दाबी गरेको छ। इन्धन राखेर विमान किएभ गएको दाबी इरानको छ। युक्रेनले गरेको अपहरणको दाबी आधारहीन रहेको इरानको छ।

प्रतिकृया दिनुहोस्