News Portal

बसको ठक्करबाट झापामा मोटरसाइकल चालकको मृत्यु

रातोपोस्ट संवाददाता
५३९ पटक

झापा, ११ भदौ । कमल गाउँपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गको चुलाचुली मोडमा शुक्रबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट एक मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख ६७६२ नम्बरको यात्रुबाहक बसले मे ३ प ९४४९ नं. को मोटरसाइकललार्ई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी ६ बस्ने ५० वर्षिय हेमसागर थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना गराउने बस र सोका चालक उर्लाबारी नगरपालिका–७ बस्ने ४२ वर्षिय सम्पतलाल धिमाललाई नियन्त्रणमा लिएको डीएसपी राकेश थापाले बताएका छन् ।

प्रतिकृया दिनुहोस्