News Portal

दलित संघको अध्यक्षबाट विश्वकर्माले दिए राजीनामा

रातोपोस्ट संवाददाता
४४८ पटक

काठमाडौं, १६ भदाै । कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिएका छन् । पार्टीको निर्वाचन निर्देशिकाले दलित समुदायको प्रतिनिधित्व हुने बाटो बन्द गरेको भन्दै निर्देशिकामा असहमति जनाउँदै विश्वकर्माले राजीनामा दिएको घोषणा गरेका हुन् ।

वर्तमान विधानको गलत व्याख्या गर्दै बनाएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेलपूर्ण तरिकबाट विना छलफल लागू गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णत निषेध गर्ने देखिएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘तर, पार्टीमा सधैं वर्चस्व रहेको जाति, वर्ग र समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिन्छ । ११ औं महाधिवेशनमा सम्माननीय सभापतिज्यू आफैंले प्रारम्भ गर्नुभएको ‘कदमजम’ खिल्ली उडाएको छ । यसरी षडयन्त्रमूलक ढंगलबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन ।’

१३ औं महाधिवेशनसम्म विधान अनुसार प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा एक जना र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि हुने सुनिश्चित प्रावधान रहेको विश्वकर्माको भनाई छ । जसको आधारमा जनसंख्याको कम्तिमा ८.५ प्रतिशत दलित प्रतिनिधित्व हुँदै आएको उनको भनाई छ । तर केही समयपछि नै दलितको सहभागिता शून्य हुने देख्दादेख्दै गलत निर्देशिका बनाएको भन्दै विश्वकर्माले असन्तुष्टि जनाएका हुन् ।


 

प्रतिकृया दिनुहोस्