News Portal

विश्वकप छनोटमा इंग्ल्यान्डको शानदार जित

रातोपोस्ट संवाददाता
३७५ पटक

काठमाडौँ, २१ भदौ । फिफा विश्वकप छनोटमा इंग्ल्यान्डले एन्डोरालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको युरोपियन छनोट खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोलले पराजित गरेको हो । इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई गोल गरे । कप्तान ह्यारी केन र बुकायो साकाले एक गोल थपे ।

लगातार पाँचौं जित निकालेको इंग्ल्यान्डले १५ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । एन्डोरा ५ खेलमा ३ अंक जोडेर पाँचौँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्