News Portal

फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक

रातोपोस्ट संवाददाता
६७४ पटक

काठमाडौँ, २३ भदाै । एमालेको लगातार अवरोधपछि बुधबार प्रतिनिधिसभाको बैठक दोस्रो पटक स्थगित भएको छ । बुधबार सुरु भएको संसद अधिवेशनको पहिलो बैठक पहिलो पटक एमाले सांसदको नाराबाजीपछि स्थगित भएको थियो ।

१५ मिनेटका लागि स्थगित गरिएको बैठक करिब २० मिनेटपछि सुरु भएको थियो । तर दोस्रो पटक बसेको बैठकमा पनि एमाले सांसदहरुको नाराबाजी जारी रहेपछि सभामुख अग्नि सापकोटाले बुधबार दोस्रो पटक १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाले सहयोगीको भूमिका खेलेको भन्दै एमालेले सभामुखको विरोध गरिरहेको छ । तर, सापकोटाले आफूले कानून अनुसार निर्णय लिएको बताएका छन् ।

एमाले सांसदहरुले नाराबाजी गरिरहेपछि आफूलाई मागहरु ध्यानाकर्षण भएकाले बैठक सञ्चालनमा सहयोग गर्न रुलिङ गरेका थिए । एमाले सांसद भने रोकिएनन् । त्यसपछि बैठक पुनः स्थगित गरिएको हो ।

प्रतिकृया दिनुहोस्